PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

चितवनमा भोलिदेखि क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुने



पहिलोपोस्ट

चितवन : चितवनमा बिहीबारदेखि क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। 

सार्क फेडेरेशन अफ अंकोलोजिष्ट नेपालको आयोजनामा विश्वका विभिन्न देशका विशेषज्ञ चिकित्सकको सहभागितामा अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको आयोजक समितिका संयोजक डा भोलाप्रसाद रौनियारले जानकारी दिए। 

कात्तिक १६ देखि १८ गतेसम्म आयोजना हुने सम्मेलनमा करिब तीन सय विशेषज्ञ चिकित्सकको सहभागिता रहने जनाइएको छ। 

रौनियारका अनुसार सम्मेलनमा भारत, चीन, श्रीलंका, बंगलादेश, सिंगापुर, क्यानडा, टर्की र अमेरिकाका २० भन्दाबढी विदेशी विशेषज्ञ सहभागी हुनेछन्। 

सम्मेलनमा क्यान्सर रोगको उपचार पद्धतिको विषयमा अनुभव आदानप्रदान गरिने र विश्वमा पछिल्लो समयमा विकास भएको उपचार प्रविधिका बारेमा विज्ञहरुबाट कार्यपत्र प्रस्तुत गरिने सम्मेलन आयोजक समितिका सचिव डा उमेश नेपालले जानकारी दिए। 

चितवनको क्यान्सर अस्पतालमा हुन लागेको सम्मेलनमा क्यान्सर क्षेत्रमा कार्यरत विशेषज्ञ चिकित्सकले गरेको अध्ययन अनुसन्धान समेटिएको कार्यपत्रहरुसमेत प्रस्तुत हुनेछन्। सार्क फेडेरेशन अफ अंकोलोजिष्ट नेपालको यसअघिको तीन वटा सम्मेलन काठमाडौंमा भएको थियो। यसपटक भने राजधानी बाहिर सम्मेलन गर्न लागिएको हो। 

सम्मेलनको अभिनेत्री मनिषा कोइरालाले उद्घाटन गर्ने कार्यक्रम छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell