PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

गोरखाको निर्वाचनलाई अन्तर्राष्ट्रिय जगतले हेरिरहेको छः बाबुराम भट्टराई



पहिलोपोस्ट

गोरखाको निर्वाचनलाई अन्तर्राष्ट्रिय जगतले हेरिरहेको छः बाबुराम भट्टराई

काठमाडौं : नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टरार्इले गोरखाको निर्वाचनलाई अन्तर्राष्ट्रिय जगतले हेरिरहेको दाबी गरेका छन्।

गोरखाको सिरानचोक गाउँपालिकाको थालाजुङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै संयोजक भट्टरार्इले भने– गोरखा २ नम्बर क्षेत्रको निर्वाचनलाई देशभित्र मात्र होइन अन्तर्राष्ट्रिय जगतले नै हेरेको छ।’ कांग्रेससँगको गठवन्धनलाई प्रयोगको रुपमा हेरिरहेकोसमेत उनले बताए। 

उनले आफूले निर्वाचनमा पराजित भए कुनै फरक नगर्ने बताए। उनले भने, ‘म सांसद परित्याग गर्नसक्ने व्यक्तिलाई हारजितले फरक पर्दैन।‘
भट्टरार्इले आफ्नो उम्मेद्वारी  माओवादी केन्द्रका नेता नारायणकाजीविरुद्ध नभएकोसमेत बताए।

उनले भने ‘यो बाबुराम र नारायणकाजी बीचको प्रतिस्पर्धा होइन। यो गणतन्तत्र, लोकतन्त्र, संघीयता बचाउको लडाइँ हो।‘

विदेशी पूँजी र प्रविधि नल्यार्इ विकास सम्भव नहुने पनि बताए। उनले भने,‘पुरानो माओवादी विचारले काम गर्दैन भन्दै समयअनुसार परिवर्तन हुनुपर्छ।  खिल्लि उडाउने काम नगर्नु होला केही पनि गर्दैन भन्ने नभन्नु होला।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell