PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

एसियन यु–१४ र्‍याङिकङ टेनिस : प्रेरणा र सलोनीको जोडी च्याम्पियन



पहिलोपोस्ट

काठमाडौं : नेपालका खेलाडी प्रेरणा कोईराला र सनोनी तामाङको जोडी केशा ग्रुप एनएलटिए नेपाल एशियन यु–१४ र्‍याङिकङ टेनिस च्याम्पियनसिपको महिला डबल्समा विजेता बनेका छन् ।

अखिल नेपाल लन टेनिस संघको आयोजना तया अन्तर्राष्ट्रिय लन टेनिस महासंघको सहयोगमा भएको च्याम्पियनसिपको सर्किट १ अन्तर्गतेको खेलमा प्रेरणा र सलोनीको जोडीले नेपालकै ईशा श्रेष्ठ र श्रवणी श्रेष्ठको जोडीलाई फाईनलमा ६–१, ६–१ को सोझो सेटमा हराए।

विजयी भए बापत उनीहरुले २ सय अंक प्राप्त गरे भने उपविजयी टोलीले १ सय २० अंक प्राप्त गरे।

यस्तै पुरुषतर्फको खेलमा भारतका खेलाडीहरु गौरव भाल र रुशिकेश सुनकराको जोडीले नेपाली खेलाडीहरु अदित सुवेदी र आदित्य सुवेदीको जोडीलाई ६–२, ६–१ पराजित गरे। भारतिय जोडीले पनि २ सय अंक बटुले भने नापली जोडीले १ सय २० अंक हात पारे।

सातदोवाटोस्थित लनटेनिस कम्प्लेक्समा भएको च्याम्पियनसिपमा ब्वाईज एकलतर्फको फाइनलमा नेपालका आदित सुवेदी र भारतका गौरव भाल भिड्ने भएका छन्।

भारतिय खेलाडी भालले नेपाली खेलाडी आर्यन गिरीलाई ६–१, ६–२ ले पराजित गर्दै फाईनलमा स्थान बनाए भने नेपालकाआदित सुवेदीले भारतका रुशिकेश सुनकरलाई ६–४, ६–४ ले पराजित गरेका हुन्।

यस्तै गर्ल्स सिंगल्सको उपाधिका लागि नेपाली खेलाडीहरु बीच प्रतिस्पर्धा हुने भएको छ। नेपाली खेलाडी रायना शाहले नेपालकै सलोनी तामाङलाई ६–२, ६–२ को सेटमा पराजित गर्दै फाईनल यात्रा तय गरिन्। अर्को सेमिफाइनलमा नेपालकी प्रेरणा कोईरालाले भारतकी रिया माथरुलाई ६–१, ६–३ को सेटमा हराइन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell