PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

एसियन वुमन इलाइट बक्सिङमा नेपालका ४ खेलाडीले प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

एसियन वुमन इलाइट बक्सिङमा नेपालका ४ खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं : एसियन वुमन इलाइट बक्सिङ च्याम्पियनसिपमा नेपालबाट ४ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।

च्याम्पियनसपमा सहभागी हुन नेपाली बक्सिङ टोली बुधबार आयोजक देश भियतनामको हो चि मिन शहर पुगेका छन्।  थाइल्यान्डको बैंककमा दुई साताको विशेष तयारीपछि नेपाली टोली भियतनाम पुगेको हो।

च्याम्पियनसिपमा नेपालका ललिता महर्जनले ४८ केजी तौल समूहमा, विमला श्रेष्ठले ५४ केजी, संगीता सुनारले ६० केजी र पुनम रावलले ६४ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्।

नेपाली टोलीको प्रशिक्षकमा प्रकाश थापामगर र सहायक प्रशिक्षकमा दीपक महर्जन रहेका छन्। यसैगरी टिम व्यवस्थापकमा नेपाल बक्सिङ संघका उपाध्यक्ष किरण श्रेष्ठ र कोषाध्यक्ष गौतम सुजखु रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell