PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

सल्यानमा जिप दुर्घटना, दुई जनाको मृत्यु, १७ घाइते



पहिलोपोस्ट

सुर्खेत : सल्यानको बनगाड कुपिण्डे नगरपालिका–८ को थाग्लीमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। 

सुर्खेतबाट कुपिण्डे दहमा पिकनिकमा गएको भे१ज ९२७ जिप फर्कने क्रममा अपरान्ह चार बजेतिर दुर्घटना भएको थियो। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार आचार्यका अनुसार चालक भेरीगंगा–८ का देवराज कामी र वीरेन्द्रनगर–८ की ३५ वर्षीया धनमाया नेपालीको घटनास्थलमै मृत्यु भएको छ। 

जिपमा सवारमध्ये १७ जना घाइते छन्। उनीहरुको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिप सडकबाट १२० मिटर तल खसेको प्रहरीको भनाइ छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell