PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

लोकतन्त्रको रक्षा गर्न काँग्रेसलाई बलियो बनाउनुपर्छः गच्छदार



पहिलोपोस्ट

लोकतन्त्रको रक्षा गर्न काँग्रेसलाई बलियो बनाउनुपर्छः गच्छदार

विराटनगर : उपप्रधानमन्त्री विजयकुमार गच्छदारले लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेस बलियो हुनुपर्ने बताएका छन्।

विराटनगर विमानस्थलमा आज अपराह्न पत्रकारसँग कुराकानी गर्दै गच्छदारले  वामपन्थी दलहरुबीच चुनाव एकता भएकाले सो एकताको सामना गर्न सैद्धान्तिक र राजनीतिकरुपमा नेपाली काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक मोर्चा गठन भएको स्पष्ट पारे। 

अहिले लोकतान्त्रिक पद्धतिमाथि खतरा उत्पन्न भएको प्रसंग उल्लेख गर्दै गच्छदारले वामपन्थी गठबन्धनले साम्यवादी विचारधारामार्फत संसदीय पद्धतिलाई बदलेर कार्यकारी राष्ट्रपति बनाउन लागेको हुनाले लोकतन्त्रलाई अप्ठेरोमा पर्न नदिन नेपाली काँग्रेसको नेतृत्वमा ऐक्यबद्ध हुन आह्वान गरे। 
लोकतन्त्रलाई रक्षा गर्न आफ्नो पार्टी पनि काँग्रेससँग ऐक्यबद्ध भएको भन्दै उपप्रधानमन्त्री गच्छदारले पार्टीमा उम्मेद्वार बन्न आकांक्षी धेरै भएपनि जसले टिकट पाएपनि नेपाली काँग्रेसलाई विजय गराउन कार्यकर्तालाई प्रतिबद्ध हुन आग्रह गरे।रासस
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell