
डिफेण्डिङ च्याम्पियन रियल मड्रिडलाई पराजित गर्दै इंगलिस क्लब टोटनहम हट्सपर युरोपियन च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ। समूह एचअन्तर्गत गएरातिको खेलमा टोटनहमले रियललाई ३-१ ले हरायो।
नयाँ घरेलु मैदान वेम्वलीमा टोटनहमलाई शानदार जित दाउन डेले अलीले २ तथा क्रिस्टियन एरिक्सनले १ गोल गरे।
पहिलो पटक इंगल्याण्डको वेम्वलीमा खेलेको रियलका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल फर्काए।
जितपछि ४ खेलबाट १० अंक जोडेको टोटनहम शीर्ष स्थानमा रहदै दुई खेल अगावै अन्तिम १६ मा स्थान बनाएको छ। रियलको समान खेलबाट ७ अंक छ। यसै समूहको अर्को खेलमा बोरुसिया डर्टमण्ड अपोएल नकोसियासंग १-१ को बराबरीमा रोकिएको छ।