
सर्जियो अगुएरोले क्बलका लागि सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएको खेलमा म्यानचेष्टर सिटी नेपोलीलाई हराउँदै युरोपियन च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ।
समूह एफ अन्तर्गत खेलमा सिटीले एक गोलले पछि परेको स्थितिमा ४-२ को जित हासिल गरेको हो। जसमा निकोलस ओटामन्डी, जोन स्टोन्स, सर्जियो अगुएरो र रहिम स्टर्लिङले १-१ गोल गरे।
नेपोली विरुद्धको गोलपछि अगुएरोल सिटीका लागि २६४ खेलमा १७८ गोल गर्दै सर्वाधिक गोलकर्ताको कीर्तिमान आफ्नो नाममा लेखाएका छन्।
लगातार चार खेल जितपछि १२ अंक जोडेको सिटी २ खेल अगावै प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो। यस्तै समूह एफ कै अर्को खेलम साख्तर डोनेस्कले फेयनहुडलाई ३-१ ले पराजित गर्दै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ।
चार खेलबाट साख्तरको ९ अंक छ भने समान खेलबाट नेपोलीको ३ अंक मात्र छ।