PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

एएफसी यू-१९ क्वालिलफायर : नेपालले आज बहराइनसँग खेल्दै



पहिलोपोस्ट

एएफसी यू-१९ क्वालिलफायर : नेपालले आज बहराइनसँग खेल्दै
फोटो : एफएफकेआर

काठमाडौं: एएफसी यू-१९ च्याम्पियनसिप क्वालिफायर अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ।

पहिलो खेलमा आयोजक कीर्गिस्तानसँग हार बेहोरेको नेपालका लागि आजको खेल महत्वपूर्ण छ। आजको खेलमा जित हात पारे नेपालको अन्तिम चरणमा छनोट हुने सम्भावना कायम रहन्छ भने हारले झन कठिन बनाउनेछ।

नेपाल र बहराइनबीचको खेल नेपाली समय अनुसार बेलुका पौने ५ बजे डोलेन ओमुरजाकोभ स्टेडियममा हुनेछ।

नेपाल पहिलो खेलमा आयोजक कीर्गिस्तानसँग २-० ले पराजित भएको थियो। बहराइनको भने यो पहिलो खेल हो।

नेपालले शनिबार युएईसँग तेस्रो खेल खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell