
युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समूह इ को खेलमा लिभरपुल र सेभिया विजयी भएका छन्।
लिभरपुलले घरेलु मैदानमा मारिवोरलाई ३-० ले हराउँदै नकआउट पुग्ने सम्भावना बलियो बनाएको छ। लिभरपुलको जितमा मोहमद सलाह, इम्रो चान र ड्यानिएल स्टुरिजले गोल गरे।
यस्तै सेभियाले घरेलु मैदानमै स्पार्टा मस्कोलाई २-१ ले हरायो।
सेभियाका लागि क्लेमेन्ट लेगमेन्ट र एभर बनेगाले गोल गरे। मस्कोका लागि जि लुइसले एक गोल फर्काए।
जितपछि ४ खेलबाट ९ अंक जोडेको लिभरपुल समूह इ को शीर्ष थानमा छ भने ७ अंकका साथ सेभिया दोस्रो स्थानमा उक्लेको छ। मस्कोको ५ अंक छ।
यता समूह जी को खेलमा पोर्टोले लेइपिजगलाई ३-१ ले पराजित गरेको छ भने समूहको शीर्ष स्थानमा रहेको बेसिकटास मोनाकोसंग १-१ गोलको बराबरीमा रोकिएको छ।
बराबरीपछि पनि ४ खेलबाट १० अंक जोडेको बेसिकटास समूहको शीर्ष स्थानमा कायम छ। समान खेलबाट ६ अंक रहेको पोर्टो दोस्रो स्थानमा उक्लेको छ।