PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

ट्रक र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु



पहिलोपोस्ट

ट्रक र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

नवलपरासी: पूर्व—पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट सुस्ता पूर्वकावासोती नगरपालिकामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

दुर्घटनामा परी मृत्यु हुनेमा कावासोती नगरपालिका–८ बस्ने वर्ष २६ का बलराम अधिकारी रहेको इलाका प्रहरी कार्यालय, कावासोतीले जानकारी दिएको छ। 

कावासोती नगरपालिकाको फलफूल चोकदेखि एक किलोमिटर पूर्वतर्फको महेन्द्र राजमार्गमा गएराति पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग १ क २७२७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ३८ प ९३६० नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, कावासोतीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell