PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

प्रधानमन्त्रीको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता



पहिलोपोस्ट

प्रधानमन्त्रीको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता

काठमाडौँ: नेपाल आयल निगमले प्रधानमन्त्रीको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता लिएको छ। मूल्यबृद्धि फिर्ता गरी पुरानै मूल्य कायम गरिएको आपूर्तिमन्त्री जयन्त चन्दले बताए।

निगमले बिहीबारदेखि हवाई इन्धनबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। निगमले पेट्रोल र डिजेलमा दुई रुपैयाँ तथा मट्टितेलमा डेढ रुपैयाँ मूल्य बढाएको थियो। खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाएको थियो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकोले मूल्य बढाउनु पर्ने बाध्यात्मक अवस्था आएको भन्दै बुधार निगमले मूल्य समायोजन गरेको थियो।

निर्वाचनको समयमा मूल्य बढाएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले मूल्यबृद्धि फिर्ता लिन विभागीय मन्त्रीलाई निर्देशन दिएका थिए।

मूल्यवृद्धिपछि निगमलाई १५ दिनमा १ करोड ९७ लाख रुपैयाँ नाफा हुने प्रक्षेपण गरिएको थियो।

मूल्य यथावत राख्ने निर्णयले निगमको घाटा २० करोडभन्दा माथि पुग्नेछ भने आपूर्ति समेत प्रभावित हुनेछ। निगमलार्इ अहिले पनि डिजलमा प्रतिलिटर दुई रुपैयाँ २५ पैसा र ग्यास एक सिलिण्डरमा २ सय ४० रुपैयाँ घाटा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell