
नयाँदिल्ली : वैवाहिक समारोह भइरहेको ठाउँमा विद्युत ट्रान्सफर्मर विष्फोट हुदाँ भारतमा १३ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा एक जना गर्भवती महिलासमेत रहेको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन्। चार जनाको घटनास्थलमै मृत्यु भएको थियो।
विष्फोटमा परी घाइते भएका वा पोलिएका मध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
स्थानीयबासिन्दाले ट्रान्सफर्मर मर्मत गर्न आफूहरूले पटक पटक विद्युतका कर्मचारीलाई आग्रह गरेको भएपनि उनीहरूले बेवास्ता गरेको बताएका छन्।
भारतमा विद्युत प्रणालीमा भएको गडबडीका कारण धेरै दुर्घटना हुनेगरेको छ। गत सन् २०१५ मा मात्रै भारतमा विद्युतीय दुर्घटनाका कारण झण्डै दश हजार जनाको मृत्यु भएको सरकारी तथ्यांक छ। रासस/एएफपी