PahiloPost

Oct 25, 2024 | ९ कात्तिक २०८१

सप्तरीमा तीन लाख ४६ हजार मतदाता



पहिलोपोस्ट

सप्तरीमा तीन लाख ४६ हजार मतदाता

राजविराज : आगामी मंसिर २१ गते हुन लागेको प्रतिनिधि र प्रदेश सभामा निर्वाचनका लागि सप्तरीबाट कुल तीन लाख ४६ हजार २१४ जना मतदाता रहेका छन्।

जिल्ला निर्वाचन कार्यालय, सप्तरीले दिएको जानकारीअनुसार सप्तरीमा चार वटा प्रतिनिधि सभा र आठ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन्।

यसअघि असोज २ गते सम्पन्न तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सप्तरीको मतदाता संख्या तीन लाख ३१ हजार ६७९ रहेको थियो।

यसको तुलनामा प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा १४ हजार ५३५ मतदाता बढेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

सप्तरीमा नौ नगरपालिका, नौ गाउँपालिका गरी १८ वटा स्थानीय तह रहेका छन्। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell