काठमाडौं : डाक्टर भोला रिजालको गीत ‘म छाहारी हुँ तिम्रो’ गीतको भिडियो सार्वजनिक भएको छ। बुधबार युट्युबमार्फत सार्वजनिक गीतको भिडियोमा पाका अभिनेता टिका पहारीको मुख्य फिचरिङ रहेको छ।
भोला रिजालको शब्द रहेको गीतमा बि.पि. वाग्लेको स्वर तथा संगीत रहेको छ। म्युजिक भिडियोमा टिका पहारीसँगै सरिता गिरी तथा बालकलाकार अनुभव रेग्मीको पनि अभिनय देख्न सकिन्छ। राजन लामाले खिचेको भिडियोलाई निर्देशन भने नविन भट्टले गरेका हुन्।
मल्टिनेशलन प्रोडक्सन कम्पनी मिसन इन्टरटेनमेन्टको प्रस्तुती रहेको गीति भिडियो छायांकन पशुपती विकास क्षेत्र, बालुवाटार तथा अनामनगरका विभिन्न स्थानमा गरिएको छ।