चितवन : चितवनमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले सभा र र्याली सहित उम्मेद्वारी दर्ता गर्दैछन्। वाम गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मनोनयन दर्ता हुनुअघि चितवनमा चुनावी सभालाई सम्वोधन गर्दैछन्।
गठबन्धनले बुधबार भरतपुरमा संयुक्त पत्रकार सम्मेलन गरी बिहीबार उम्मेदवार मनोनयन दर्ता गर्न संयुक्तरुपमा र्याली निकाल्ने र चुनावी सभा गर्ने कार्यक्रम तय भएको जानकारी गराएको थियो।
रिजालचोकबाट संयुक्त र्याली निकालेर भरतपुरको गेष्टहाउस चौरमा चुनावी सभा गर्ने कार्यक्रम रहेको छ। चुनावी सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, नेकपा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेललगायतका नेताले सम्वोधन गर्ने बताइएको छ।
यसैबीच लोकतान्त्रिक गठबन्धनले पोखरा बस पार्कबाट र्याली निकाल्ने जनाएको छ। कांग्रेसबाट चितवन १ मा राजेन्द्र वुर्लाकोटी, २ मा शेषनाथ अधिकारी , ३ मा राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष विक्रम पाण्डेलाई कांग्रेसले अघि सारेको छ।
यसैबीच सुरक्षा अवस्थालाई मजबुद बनाउन सेना परिचालन गरिएको छ। त्यस्तै, हेटौडाबाट थप सुरक्षा माग गरी परिचालन गरिएको चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले जानकारी दिए।