PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

काभ्रेमा लोकतान्त्रिक गठबन्धन भङ्ग



पहिलोपोस्ट

काभ्रेमा लोकतान्त्रिक गठबन्धन भङ्ग

बनेपा : काभ्रेपलाञ्चोकमा मनोनयनकै दिन आज लोकतान्त्रिक गठबन्धन भङ्ग भएको छ।

उम्मेदवारी मनोनयनको तयारी भइरहेका बेला राप्रपा प्रजातान्त्रिकका जिल्ला सचिव राजेन्द्र केसीले जनमत सुरक्षित गर्न भन्दै जिल्लाका सबै क्षेत्रमा उम्मेदवारी दिने निर्णय भएको जानकारी दिए।

उहाँले प्रतिनिधि सभाको क्षेत्र नं एकमा रेशम लामा र प्रदेश सभातर्फ राजेन्द्र केसी र चन्द्र जिम्वाको उम्मेदवारी निश्चित भएको उल्लेख गर्दै अन्य उम्मेदवारका विषयमा निर्णय गर्न बाँकी रहेको बताए।

राप्रपा प्रजातान्त्रिकबाट प्रतिनिधि सभामा दिलबहादुर योञ्जन, रोहित बादे र प्रदेश सभामा रामकृष्ण सापकोटा, कृष्णगोपाल पाण्डेको नाम सिफारिस भएको बताइएको छ।

केन्द्रले पनि मिलाउन चाहेन र कांग्रेसले पनि मिलाउन सकेन त्यसैले गठबन्धनबाट हामी अलग भयौँ केसीले भने। राप्रपा प्रजातान्त्रिक सरकारमा समेत सहभागी छ।  रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell