PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

ग्याष्ट्रिक पीडित हुनुहुन्छ ? मुटुरोग पनि हुन सक्छ



पहिलोपोस्ट

ग्याष्ट्रिक पीडित हुनुहुन्छ ? मुटुरोग पनि हुन सक्छ

काठमाडौं : तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा ६० लाखभन्दा बढी मुटुरोगीहरु छन्। यो संख्या दिनप्रतिदिन बढ्दो छ। २४ लाख महिला र ३६ लाखभन्दा बढी पुरुषहरु मुटुरोगबाट पीडित छन्।

तनावपूर्ण जीवनशैली र विलाशीपन नै मुटुरोगी बढ्नुको पहिलो कारण भएको चिकित्सकहरु बताउँछन्।

चुरोट सेवन गर्ने, शारीरिक व्यायम नगर्ने र खानपानमा ध्यान नदिने मानिसहरुमा मुटुरोग देखिने गरेको मुटुरोग विशेषज्ञ यादवदेव भट्ट सुनाउँछन्।

सुर्तीजन्य पदार्थ सेवनलाई त्याग्ने र आरामदायी जीवनशैली बनाउन सके मुटु रोगीको संख्या घट्ने भट्टको तर्क छ। भन्छन्, ‘ग्याष्ट्रिक भनेर धेरै मानिसहरु ग्याष्ट्रिकको औषधि खाएर बस्छन्, तर मुटुरोगले सताएर हर्टयाट्क हुने अवस्था आइसक्छ। ग्याष्ट्रिक हुनेहरुले पनि अनिवार्य रुपमा मुटु चेक गराउनुपर्छ।’

भट्टका अनुसार छातीको बीचमा दुख्नु, दम बढ्नु, खुट्टा सुन्निनु, घाँटीको रक्तनली फुल्नु मुटूरोगको लक्षण हुन्। त्यसैगरी ओठ, जिब्रो र औँलाका टुप्पा नीलो हुनु, औँलाका टुप्पा बाक्ला र चाक्ला हुनु, टाउको दुख्ने र चक्कर लाग्नु, मुटुको धड्कन रोकिने वा छिटो चल्नु, छातीमा हात राख्दा थर्केको महशुस हुने मानिसहरुलाई पनि मुटुरोग हुने सम्भावना बढी हुने भट्ट बताउँछन्।


 मुटुरोगबाट बच्न यस्ता छन सुझाव

— तनावमुक्त रहने।

— धुम्रपान तथा मध्यपानबाट टाढा रहने।

— स्वास्थ्य परीक्षण नियमित गराउने।

— शरीरको उचाइ अनुसार तौल सन्तुलन गर्ने।

— सुगर र कोलस्ट्रोलको मात्रा सन्तुलन राख्ने।

— मुटुरोग जन्माउने रोगबाट टाढा रहने।

— परिवारका कुनै सदस्यलाई मुटु रोग भएमा उसका सन्तानले पनि नियमित मुटु चेकजाँच गर्ने र थप सजग रहने।

— नियमित शारीरिक व्याम गर्ने।

— चिल्लो खानेकुरा कम खाने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell