PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

बलिउड डेब्यु गर्ने खबरको खण्डन गरिन् श्रृष्टीले



पहिलोपोस्ट

बलिउड डेब्यु गर्ने खबरको खण्डन गरिन् श्रृष्टीले

पूर्व मिस नेपाल एवंम् अभिनेत्री श्रृष्टी श्रेष्ठले आफ्नो बलिउड डेब्यु बारे लेखिएको खबर झुटो भएको बताएकी छिन्। श्रेष्ठले नेपालको बैतडीमा छायांकन हुने भनिएको फिल्म ‘सन्दिप ‍और पिंकी फरार’मा अभिनय गर्ने भन्दै समाचारहरु सम्प्रेषण भएका थिए। तर ती समाचारहरुलाई साचो मान्ने आधारहरु भने थिएनन्।

यसै बिच विहीबार श्रृष्टीले आफ्नो सामाजिक सञ्जालहरुमार्फत आफू बलिउडमा देखिने खबर गलत भएको स्पष्टिकरण दिएकी हुन्। फेसबुकमा लेखेको पोस्टमा भनेकी छिन्,’सूचना शक्ति हो तर गलत सूचना प्रवाह शक्तिको दुरुपयोग।‘ उनले हाल आफू कुनै पनि हिन्दी सिनेमामा काम गर्न लागेको खबर गलत भएको जानकारी दिएकी हुन्। 



श्रृष्टीले बलिउड फिल्ममा अडिसन दिएको भएपनि उनको सेलेक्सन भए नभएको कुनै समाचार सार्वजनिक छैन। सन्दिप ‍और पिंकी फरार र यशराज फिल्मको कुनै पनि आधिकारिक जानकरी स्रोतमा समेत श्रृष्टी श्रेष्ठको नाम उल्लेख गरिएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell