PahiloPost

Apr 3, 2026 | २० चैत्र २०८२

पदका लागि गठबन्धन गरेको होइन : अध्यक्ष ओली



पहिलोपोस्ट

पदका लागि गठबन्धन गरेको होइन : अध्यक्ष ओली

विराटनगर : नेकपा (एमाले)का केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको स्थायित्वका लागि विचारधारा मिल्ने दलसँग मिलेर वाम गठबन्धन बनाएको बताएका छ। 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग विचारधाराको आधारमा राजनीतिक दल स्थापना हुनु पर्नेमा अधिकांश दलहरु जनताको हितमा नभई स्वार्थका आधारमा स्थापना भएकामा चिन्ता व्यक्त गरे। 

निर्वाचनपछि प्रधानमन्त्री पद आफूलाई दिने गरी नेकपा (माओवादी केन्द्र) सँग सहमति नभएको स्पष्ट पार्दै राष्ट्रियताको संरक्षण र मुलुकलाई समृद्धितर्फ डोर्‍याउने पार्टी नेकपा (एमाले) रहेको दाबी गरे। 

झापा जिल्लाको क्षेत्र नं ३ मा आफूहरुसँग राप्रपाले सहयोग माग्न आएको प्रसंग उल्लेख गर्दै अध्यक्ष ओलीले सो दललाई सहयोग गर्ने उद्देश्यले वाम गठबन्धनले सो क्षेत्रबाट उम्मेदवारी नदिने निर्णय गरेको प्रष्ट पारे। 

उहाँले नेकपा (एमाले) मुलुकमा लोकतन्त्रको स्थायित्व, शान्ति, सामाजिक सद्भाव कायम राख्न प्रतिबद्ध रहेको उल्लेख गर्दै कहिले पनि हिंसाको पक्षमा नरहेको बताए। 

अध्यक्ष ओली झापा क्षेत्र नं ५ बाट आफ्नो मनोनयनपत्र दर्ता गर्न प्रस्थान गरे। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell