PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

प्रधानमन्त्री देउवाको उम्मेदवारी मनोनयन वारेसनामामार्फत



पहिलोपोस्ट

प्रधानमन्त्री देउवाको उम्मेदवारी मनोनयन वारेसनामामार्फत

काठमाडौँ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यव्यस्तताका कारण वारेसनामामार्फत उम्मेदवारी दर्ता गराउने  भएका छन्। 

पार्टीकातर्फबाट डडेल्धुरामा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका प्रधानमन्त्री देउवाले आफ्ना सहयोगी गणेशप्रसाद पन्तमार्फत उम्मेदवारी दर्ता गर्नुहुने प्रधानमन्त्रीका स्वकीय सचिव केशवराज जोशीले जानकारी दिए। 

आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि निर्वाचन आयोगले आज उम्मेदवारी मनोनयन गर्ने तालिका तोकेको छ। 

पार्टीका उम्मेदवार तय गर्न बुधबार रातिसम्म पार्टीको संसदीय समितिको बैठकमा व्यस्त हुनु परेकाले प्रधानमन्त्री देउवा उम्मेदवारी दर्ता गर्न आफू जान नसकेका हुन्।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell