
अफगानिस्तानः इन्धन बोकेको एक ट्यांकरमा अफगानिस्तानको चारिकार नगरमा अज्ञात समूले बम हमला गरी कम्तीमा पनि १५ जनाको हत्या गरेको छ।
तेल ट्यांकरमा अज्ञात समूहले बम हमला गरेको थियो। बम आक्रमणपछि ट्यांकर विष्फोट भएको र आगलागीमा परी वरपर रहेका मानिस जलेर मरेका हुन्।
तेल ट्यांकरमाथि पूर्वी अफगान नगर पारवानमा बुधबार राति हमला भएको हो। तेल ट्यांकरमा आगलागी भएपछि नजिकैको बस्ती तथा सडकमा गुडिरहेको अर्को बसमा पनि आगो लागेको थियो। आगलागीबाट बसका यात्रुसमेत जलेका थिए।
तेल ट्यांकरमा बम हमला गरी हत्या गर्ने घटना यसअघि पनि अफगानिस्तानमा हुने गरेका छन्। इन्धन बोकेको ट्यांकरमा गरिने हमलाबाट त्यसको वरपरका नागरिक शिकार हुने गरेका छन्। रासस/सिन्ह्वा