PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

चीनको विकासबाट नेपालले पाठ सिक्नुपर्छः सञ्चारमन्त्री बस्नेत



पहिलोपोस्ट

चीनको विकासबाट नेपालले पाठ सिक्नुपर्छः सञ्चारमन्त्री बस्नेत

काठमाडौँ :  सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले चीनले गरेको विकासबाट नेपालले पाठ सिक्नुपर्ने बताएका छन्। 

चीन दक्षिण एशिया मेला सचिवालय, नेपाल चीन कार्यकारिणी परिषद् र युनान इन्टरनेशनल एक्पोजिसन अफेयर्स ब्यूरोको आयोजनामा आजदेखि भृकुटीमण्डपमा सुरु भएको ‘चीन दक्षिण एशिया मेला’ उद्घाटन गर्दै मन्त्री बस्नेतले नेपालको उद्योग र व्यापारलाई प्रवद्र्धन गर्न मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। 

संविधान निर्माण पछि स्थानीय तहको निर्वाचन भइसकेको र अब संघ तथा प्रदेशको निर्वाचन गरेर मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनु आवश्यक रहेको मन्त्री बस्नेतले बताए।

उनले भने,‘राजनीतिक अस्थिरताका कारण नेपालमा लगानी गर्ने वातावरण थिएन अब निर्वाचनसँगै राजनीतिक अस्थिरता समाप्त भएको छ, ढुक्क भएर लगानी गर्नुहोस्।’ 

नेपाल चीन कार्यकारिणी परिषद्का अध्यक्ष अनुपरञ्जन भट्टराईले नेपालका लगानीकर्ता र व्यापारीका लागि यो मेला सहयोगी हुने र आगामी दिन देशका विभिन्न भागमा यस्तो मेला गरिने जानकारी दिए। 

मेला कात्तिक १९ गतेसम्म चल्नेछ। मेलामा नेपाल तथा चीनमा उत्पादित वस्तुका १५० कक्षमा ऊर्जा, लगानी, प्राकृतिक स्रोतको विकास, विद्युतीय तथा सूचना प्रविधि, चिया उत्पादन, पर्यटन प्रवद्र्धन, हस्तकलाका सामग्री, परम्परागत पोशाक, खानेकुरा प्रशोधन उपकरणलगायतका सामग्री राखिएका छन्।रासस  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell