PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

राप्रपा अध्यक्ष कमल थापाले गरे मकवानपुर १ बाट उम्मेदवारी दर्ता



पहिलोपोस्ट

राप्रपा अध्यक्ष कमल थापाले गरे मकवानपुर १ बाट उम्मेदवारी दर्ता

हेटौँडा :  उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तीन नम्बर  प्रदेशअन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।

लोकतान्त्रिक गठबन्धनका तर्फबाट थापाले मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडामा उम्मेदवारी दर्ता गराएका हुन्।

उम्मेदवारी दर्ता गर्न थापा राप्रपा पार्टी कार्यालयबाट जुलुससहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। 

उम्मेदवारी दर्तापछि थापाले लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार छनोट गर्ने क्रममा कांग्रेस र राप्रपाका बीचमा सामान्य विवाद रहेपनि लोकतान्त्रिक गठबन्धनमा कुनै पनि असर नपर्ने स्पष्ट पारे।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell