PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

किन डिभी चिट्ठा प्रणाली बन्द गर्ने पक्षमा छन् राष्ट्रपति ट्रम्प ?



पहिलोपोस्ट

किन डिभी चिट्ठा प्रणाली बन्द गर्ने पक्षमा छन् राष्ट्रपति ट्रम्प ?
फोटो श्रोतः abc.net.au

वासिङटन :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले डिभी चिट्ठामार्फत विदेशी नागरिकलाई अमेरिकी नागरिकता दिने गरेको हालको प्रचलन खारेज गर्नुपर्ने बताएका छन्। 

मङ्गलबार अमेरिकाको न्यूयोर्क सहरमा आठजना सर्वसाधारण नागरिकको ज्यान लिनेगरी हमला गर्ने नागरिक यही प्रणालीबाट अमेरिका आएको पत्ता लागेकोले यस्तो प्रणाली नै खारेज गर्नुपर्ने उनले बताए।

राष्ट्रपति ट्रम्पले यसअघि पनि चिट्ठामार्फत ग्रीन कार्ड प्रदान गरिने डाइभरसीटी भिसा (डीभी) सम्बन्धी प्रणाली नै खारेज गर्नुपर्ने आवाज उठाएका थिए। 

अमेरिकाले दिंदै आएको यस्तो प्रवेशाज्ञा कार्यक्रममा पूर्ण रुपमा परिवर्तन गर्न आवश्यक रहेको र त्यसको पहिलो सुरुवात यो डिभी बन्द गरेर गर्नुपर्ने प्रस्ताव आफूले मन्त्रिपरिषदमा गरेको उनले बताए। 

उनले बुधबार ट्वीट गर्दै सो कुराको जानकारी दिएका हुन्। उनले यस नीतिका पक्षमा कामगर्न पनि अमेरिकी अधिकारीहरुलाई आह्वान गरेको बताएको पनि ट्वीटर अकाउन्टमार्फत सार्वजनिक गरेका छन्। 

मङ्गलबार अमेरिकाको न्यूयोर्कमा आठजनाको ज्यान जाने गरी गराइएको आतङ्ककारी हमलामा संलग्न नागरिक डिभीमार्फत अमेरिका पुगेको प्रमाणित भएको छ। 

उनले यस्तो प्रणालीको सट्टामा बरु विदेशी नागरिक (आवेदक) को विशेषज्ञता, सिप र कुनै क्षेत्रमा उसको दक्षताको आधारमा अमेरिकी भिसा प्रवेशाज्ञा दिने प्रणाली लागू हुनुपर्नेमा आफ्नो प्राथमिकता रहेको पनि बताएका छन्।

डिभी कार्यक्रम अन्तरगत हरेक वर्ष करिब ५० हजार विदेशी नागरिकलाई अमेरिकामा स्थायी बसोबासको अनुमति दिने गरिएको छ। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell