
लमजुङ : अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङको खुदीबाट १७ किलो सुनसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
मनाङको नासोङ गाउँपालिका–९, दानाक्युका ३१ वर्षीय पासाङ गुरुङलाई प्रहरीले आज १७ किलो सुनसहित पक्राउ गरेको हो।
मनाङबाट बेँसीसहरतर्फ मोटरसाइकलमा आएका गुरुङ चेकजाँचका क्रममा पक्राउ प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए।
प्रहरीले ती युवकले सुन बोक्न प्रयोग गरेको बा५८प ४२९१ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।
सदरमुकाम बेँसीसहरबाट करिब सात किलोमिटर उत्तरतर्फ मनाङ जाने बाटोमा युवक समातिएका हुन्। सुन तिब्बतको सीमाबाट मनाङ हुँदै ल्याइएको हुन सक्ने अनुमान गरिएको छ। रासस