PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

काठमाडौं एकबाट प्रकाशमान र चारबाट गगन थापाले गराए उम्मेदवारी मनोनयन दर्ता



पहिलोपोस्ट

काठमाडौं एकबाट प्रकाशमान र चारबाट गगन थापाले गराए उम्मेदवारी मनोनयन दर्ता

काठमाडौं :  काठमाडौं क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट  प्रकाशमान सिंह र क्षेत्र नम्बर चारबाट गगन थापाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

राष्ट्रिय सभागृहमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सिंह र थापाले मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्तापछि प्रतिक्रिया दिदै थापाले आफूहरुले दोस्रो संविधान सभा निर्वाचनमा संविधान जारी गर्ने प्रतिवद्धता गरेकामा त्यो पूरा भएको र अब संविधानको परिकल्पना पूरा गर्न पाँच वर्ष कांग्रेसको नेतृत्व आवश्यक रहेको बताए। उनले स्वास्थ्य, शिक्षामा आमूल परिवर्तन ल्याई स्वदेशमा नै युवालाई रोजगारी दिने आफ्नो एजेण्डा रहेको बताए। 

नेता सिंहले संविधान कार्यान्वयनका लागि कांग्रेस नेतृत्व आवश्यक रहेको बताए। उनले नेपाली जनतालाई अधिकार दिलाउन यसअघि पनि कांग्रेसले नै बलिदानी गरेकाले कांग्रेसलाई विजयी गराउन आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell