PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

मोरङमा को–को केन्द्रीय नेताले दिए उम्मेदवारी ?



अनन्तराज न्यौपाने

मोरङमा को–को केन्द्रीय नेताले दिए उम्मेदवारी ?

विराटनगर : प्रतिनिधि र प्रदेश सभाका लागि मोरङका छ वटै क्षेत्रमा शान्तिपूर्ण उम्मेदवारी दर्ता सम्पन्न भएको छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले मोरङको क्षेत्र नम्बर ४ बाट उम्मेदवारीपत्र दर्ता गरेका छन्। नेता आचार्यले मध्याह्न १२.२० को साइतमा उम्मेदवारीपत्रमा हस्ताक्षर गरेका थिए।

आचार्यले नेपाली कांग्रेसको मुख्य चुनावी एजेन्डा वर्तमान संविधानको संरक्षण र कार्यान्वयन रहेको स्पष्ट पारे।

राष्ट्रिय एकता, सहकार्य र सहमतिबाट जारी भएको संविधानलाई शान्ति र समृद्धिका लागि प्रयोगमा ल्याउनु पर्ने उनको धारणा थियो।

मोरङ–४ बाट माओवादी केन्द्रका अमनलाल मोदीले उम्मेदवारी दिए। उनी यसअघि समानुपातिकबाट सांसद् थिए।

एमालेका चर्चित नेता लालबाबु पण्डितले मोरङको क्षेत्र नम्बर छ मा प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गरे।

विदेशमा ग्रिनकार्ड र पिआर लिएका सरकारी कर्मचारीलाई कारबाही गरेर चर्चामा आएका पण्डितले युवालाई स्वदेशमै रहेर काम गर्ने वातावरण बनाउने आफ्नो मुख्य एजेन्डा रहेको जानकारी दिए।

नेता पण्डितले राष्ट्रियताको संरक्षण, राष्ट्रवादी भावनाको एकीकरण र राष्ट्रिय स्वाभिमानको रक्षा पनि आफ्नो चुनावी मुद्दा रहेको उल्लेख गरे।

नेता पण्डितसित प्रतिस्पर्धा गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मोरङको क्षेत्र नम्बर छ मा मनोनयन पत्र दाखिल गरेका छन्।

दुई वामपन्थी दलको एकताले मुलुकलाई अधिनायकवादको अँध्यारोमा लैजान खोजिरहेको टिप्पणी गर्दै डा. कोइरालाले मुलुकमा नागरिक अधिकार, मौलिक स्वतन्त्रता र लोकतन्त्रको रक्षा नेपाली कांग्रेसले मात्र गर्न सक्ने दाबी गरे।

उनले विराटनगरको पुरानो राजनीतिक साख जोगाउने प्रतिबद्धता प्रकट गरे।

नेपाली कांग्रेसका अर्का केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले मोरङको क्षेत्र नम्बर २ मा आफ्नो उम्मेदवारी पेश गरे।

डा. रिजालले अहिले वाम गठबन्धनलाई अभिनन्दन गर्ने होइन ठोक्ने बेला हो भत्रे आक्रोश व्यक्त गर्दै माक्र्सवादी, लेनिनवादी र माओवादी हुँदै अब वामशक्ति स्टालिनवादी बाटोमा जान खोज्दैछन् भत्रे प्रतिक्रिया प्रकट गरे।

क्षेत्र नम्बर २ मा एमालेका निवर्तमान सांसद् ऋषिकेश पोखरेलले उम्मेदवारी दिए।

रोचक भिडन्त हुने भनिएको मोरङ ५ मा माओवादी केन्द्रका बिना विभागीय मन्त्री शिवकुमार मण्डल, नेपाली कांग्रेसका अमृत अर्याल र सङ्घीय समाजवादी फोरमका राजकुमार यादवले आआफ्नो उम्मेदवारी दर्ता गराए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell