
काठमाडौँ : आइसिसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एशिया क्षेत्रको छनोटका लागि रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय नेपाली महिला टोली घोषणा भएको छ।
दोस्रो चरणमा छानिएका २२ खेलाडीबाट आइसिसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, महिला राष्ट्रिय टोलीका प्रशिक्षक सामसनजंग थापा र कप्तान रुविना क्षेत्री सम्मिलित छनोट समितिले तीन वैकल्पिक खेलाडी समेत छनोट गरेको छ।
नेपाली टोलीको अन्य सदस्यमा सीता रानामगर (उपकप्तान), नेरी थापा, ज्योति पाण्डे, सरिता मगर, रोमा थापा, सोनु खड्का, रितु कनोजिया, सवनम राई, लक्ष्मी चौधरी, काजल श्रेष्ठ, इन्दु बर्मा, करुणा भण्डारी र संगीता राई छन्।
यस्तै नितु भण्डारी, रेखा रावल र कविता कुँवर वैकल्पिकतर्फ छन्। थाइल्याण्डमा आगामी मंसिर ४ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने टि–ट्वान्टी विश्वकप एशिया छनोट खेलमा नेपालसहित आयोजक थाइल्याण्ड, हङकङ, संयुक्त अरब इमिरेट्स (युएइ) र चीनले सहभागिता जनाउनेछन्।
शुरुमा मलेसियाले पनि सहभागिता जनाउने भनिएपनि पछि ५ टोलीले मात्र छनोट खेल्ने नेपाली मिहला टोलीका प्रशिक्षक सासन थापले बताएका छन्।