
काठमाडौं : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभा सदस्यका लागि सप्तरी क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गराएका छन्।
आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि यादवले सप्तरीको राजविराजस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
यसअघि यादव सुनसरीबाट निर्वाचित भएका थिए । उम्मेदवारी दर्तापछि अध्यक्ष यादवले जन्मभूमिप्रतिको मायाले सप्तरीबाट उम्मेदवारी दिएको प्रतिक्रिया दिए। फोरम नेपालका अध्यक्ष यादवलाई सप्तरीमा राष्ट्रिय जनता पार्टीले समर्थन गरेको छ ।