PahiloPost

May 14, 2025 | १ जेठ २०८२

पर्सामा मनोनयन दर्तामा दलहरुको ढिलाई, एकबजेसम्म  १० जनाको मात्र उम्मेदवारी दर्ता



राधेश्याम पटेल

पर्सामा मनोनयन दर्तामा दलहरुको ढिलाई, एकबजेसम्म  १० जनाको मात्र उम्मेदवारी दर्ता

वीरगंज :  प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि आज भइरहेको मनोनयन दर्तामा पर्सामा राजनीतिक दलले ढिलाई गरेका छन्। 

विहान १० बजेदेखि दिउँसो १ बजेसम्म जम्मा १० जनाले उम्मेदवारी दर्ता गराएका छन्। पर्साको क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालबाट प्रदीप यादव, साझा विवेकशील साझा पार्टीबाट डा. मोहम्द रज्जाक, नेपाल मजदुर किसान पार्टीबाट सरोजकुमार साहले उम्मेदवारी दर्ता गराएका छन्।

प्रदेश सभातर्फ क्षेत्र नम्बर एकको (क) बाट फोरम नेपालबाट फिरोज मिया, १ को (ख) बाट फोरम नेपालकै लालबाबु राउतले उम्मेदवारी दर्ता गराकएका छन्। उनीहरुले प्रतिनिधिमार्फत उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन्।

क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा हालसम्म एक जनाले पनि उम्मेदवारी दर्ता गराएका छैनन्।प्रदेश सभामा २ को (क) मा फोरम नेपालका रामनरेश यादव, (ख) मा स्वतन्त्रबाट हरिशंकर साह कानु, नेपाल समाजवादी पार्टी लोहियावादीबाट प्रमोद कुमार सहनी निषादले उम्मदेवारी दर्ता गराएका छन्।

क्षेत्र नं ३ को (ख) मा प्रदेश सभामा स्वतन्त्रबाट हरिहर साह कानुले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नं ४ मा प्रतिनिधि सभा र प्रदेश सभामा दिउँसो १ बजे सम्म कसैको उम्मेदारी दर्ता नभएको मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिए।

। स्थानीय तहको निर्वाचन भन्दा यो निर्वाचनको महोल र  चहलपहल कम देखिएको छ। अपरान्ह ३ बजे पछि नै पर्साका मुख्य राजनीतिक दलहरु जुलुससहित  उम्मेदवारी दर्ता गराउन पुग्ने बताइएको छ ।

टिकट वितरणमा भएको विवादका कारण उम्मेदवारी दर्तामा पनि राजनीतिक दलहरुले ढिलाई गरिरहेको अनुमान छ। चर प्रतिनिधि सभा सदस्य र ८ प्रदेश सभा सदस्य गरी १२ पदका लागि पर्सामा मनोनयन दर्ता भइरहेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell