काठमाडौं: फिल्म 'कान्छी'को पहिलो गीत सार्वजनिक भएको छ। विहीबार एक कार्यक्रम आयोजना गरी फिल्मको 'चरी चट्ट परी' बोलको गीत भिडियो सहित युट्युब रिलिज गरिएको हो।
गीतमा राजनराज सिवाकोटीको शब्द, स्वर र संगीत रहेको छ। जसमा उनलाई स्वरमा साथ अञ्जु पन्तले दिएकी छिन्। गीतको भिडियोमा मुख्य दुई कलाकार श्वेता खड्का र दयाहाङ राईको फिचरिङ रहेको छ। भिडियो निर्देशन वसन्त श्रेष्ठले गरेका हुन्।
श्वेता खड्काले नै निर्माण गरेको फिल्ममा आकाश अधिकारीको निर्देशन रहेको छ। माघ २६ रिलिज टार्गेट गरेको फिल्ममा अन्य कलाकारहरु प्रज्वल सुजल गिरी, अनु शाहको पनि अभिनय छ।