
- विष्णु नेपाल
विस २०४८ को पहिलो संसदीय निर्वाचनमा उनी काठमाडौँ क्षेत्र नं २ बाट विजयी भएका थिए। यसपछि उनी प्रजातन्त्र स्थापनापछि पहिलो पटक गठन भएको व्यवस्थापिका–संसद्मा कांग्रेसकातर्फबाट सभामुख पदमा सर्वसम्मतरूपमा चयन भएका थिए।
उसो त विसं २०४६ मा प्रजातन्त्र स्थापनाका लागि भएका राजनीतिक आन्दोलन, प्रजातन्त्र स्थापनापछिको अन्तरिम सरकार गठन र अन्तरिम संविधान जारी गर्न ढुंगानाले कानुनी क्षेत्रबाट पुर्याएको योगदानले तत्कालीन संयुक्त वाममोर्चाका नेतृत्वलाई समेत चकित बनाएको थियो।
करिब २३ वर्षको अन्तरालमा पूर्वसभामुख ढुङ्गाना विस २०६२/६३ मा गणतन्त्र स्थापनापछिको तेस्रो निर्वाचनमा होमिएका हुन्।
विस २०५१ को मध्यावधि निर्वाचनमा पराजित भएपछि उनी कांग्रेसको मूल राजनीतिभन्दा शान्ति प्रक्रिया टुङ्ग्याउन नागरिक समाजका अगुवाको रूपमा नेतृत्व गर्दै आएका थिए।रासस