PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

कास्कीमा दलबल र जुलुशसहित दलहरुले गरे मनोनयन दर्ता 

कास्कीमा दलबल र जुलुशसहित दलहरुले गरे मनोनयन दर्ता 

नरहरि पौड्याल/पहिलोपोस्ट


पोखरा :  आगामी मंसिर २१ मा हुने केन्द्र तथा प्रदेश सभाको निर्वाचनका लागि कास्कीमा आज दलहरुले उम्मेदवारी मनोनयन दत्र्ता गराएका छन्। 

कास्कीमा तीन केन्द्र र ६ प्रदेश गरी नौं सिटका लागि निर्वाचन हुँदै छ।कास्कीका ठूला दल मध्ये कांग्रेस एकलरुपमा चुनावी मैदानमा होमिएको छ भने एमाले र माओवादी केन्द्रलगायतका दलहरुको गठबन्धन बनेको छ।

यहाँका सबैजसो दलले आगामी निर्वाचनका लागि अधिकांश पुरानै अनुहारलाई चुनावी मैदानमा उतारेका छन्। 

दलहरुले केही मात्र उम्मेदवारहरु नयाँ अनुहार रहेका छन्। दुबै गठबन्धनबाट महिला उम्मेदवारहरु उठाउन भने कन्जुस्याईँ गरे। कानुनमा उल्लेख भएअनुसार महिलाहरुलाई कुनैपनि दलले उम्मेदवार बनाएनन्।

कास्कीका तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा खोलिएको निर्वाचन अधिकारीको कार्यालयमा राजनीतिक दलहरुले बाजागाजा र जुलुससहित पुगेर मनोनयन दर्ता गरेका छन्। 

सबैभन्दा पहिले कास्कीबाट राष्ट्रिय जनमोर्चा नेपालले उम्मेदवारी दर्ता गराएको थियो। मोर्चाले प्रतिनिधि सभामा क्षेत्र नम्बर १ बाट मदन मुरारी घिमिरे, २ मा दालकुमारी खत्री र ३ मा तमबहादुर रोकाले मनोनयन दर्ता गराएका छन्।

त्यसैगरी, नेपाली कांग्रेस कास्कीका नेता नरेशशंकर पालिखेले क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्।

पार्टीले स्थानीय निकायको निर्वाचनमा पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा सहमति गरेर रातारात रामजी कुँवरलाई उठाएपछि पार्टीप्रति क्रुद्ध बनेका पालिखेले संसदीय र प्रदेश सभाम समेत टिकट नपाएपछि एकाएक बागी उम्मेदवारकोरुपमा उम्मेदवारी दर्ता गरेका छन्। 

वाम गठबन्धनले दर्ताका लागि १ देखि २ बजे सम्मको समय पाएको थियो भने नेपाली कांग्रेसले २ देखि ३ बजेसम्मको समय लिएको निर्वाचन कार्यालयले जानकारी दिएको थियो। दुबै  गठबन्धन र्यालीका साथ मनोनयन दर्ता गर्न निर्वाचन कार्यालय पुगेका थिए। 

यसअघि ०६४ को पहिलो संविधानसभा निर्वाचनमा कास्कीका ४ क्षेत्र मध्ये ३ मा माओवादी र १ क्षेत्रमा एमालेले जित हासिल गरेका थिए। त्यसपछि ०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस र एमाले २/२ क्षेत्रमा विजयी भएका थिए।
 


ट्रेन्डिङ पोस्ट

Ncell