PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

यू-१९ क्रिकेट : पहिलो खेलमा नेपाल बंगलादेशसंग पराजित



पहिलोपोस्ट

यू-१९ क्रिकेट : पहिलो खेलमा नेपाल बंगलादेशसंग पराजित

काठमाडौं : एसीसी यू-१९ एसिया कप क्रिकेटको तयारीमा रहेको नेपाल यू-१९ अभ्यास खेलमा बंगलादेश यू-१९ संग पराजित भएको छ।

तीन खेल खेल्नको लागि बंगलादेशमा रहेको नेपाल बिहीबार भएको पहिलो खेलमा घरेलु टोली बंगलादेशसंग ३ विकेटले पराजित भएको हो।

नेपालले दिएको १५४ रनको लक्ष्य बंगलादेशले ३९ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ५० ओभर खेल्दा ९ विकेट गुमाएर १५३ रन बनाएको थियो।

लो स्कोरिङ खेलमा बंगलादेशलाई जित दिलाउन नइम शेखले ५३ तथा टोविद ह्रदलीले ४८ रनको योगदान गरे। नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए।

पहिले ब्या६ङ गरेको नेपालका लागि मोहम्मद आसिफ शेखले सर्वाधिक ३२ तथा भिम शार्कीले २८ रन जोडे। बंगलादेशका लागि हसन महमुद र काजी अनल्क इस्लामले समान ३ विकेट लिए भने नियम हसनले २ विकेट झारे।

नेपाल र बंगलादेशबीच दोस्रो खेल शनिबार हुनेछ।

मलेसियामा यही नोभेम्वर ९ बाट शुरु हुने एसिया कपमा नेपाल र बंगलादेश एउटै समूहमा छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell