PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

एसियन बक्सिङ च्याम्पियनसिपमा ललिताको विजयी सुरुवात



पहिलोपोस्ट

एसियन बक्सिङ च्याम्पियनसिपमा ललिताको विजयी सुरुवात

काठमाडौं : भियतनामको हो चि मिन शहरमा बिहीबारबाट सुरु भएको एसियन वुमन इलाइट बक्सिङ च्याम्पियनसिपमा नेपाली बक्सर ललिता महर्जन पहिलो खेलमा विजयी भएकी छिन्।

४८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी ललिताले सिगांपुरकी लिना हुँ जिन ईलाई पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको नेपाल बक्सिङ संघका सदस्य श्याम अवालेले जानकारी दिए। तीन राउन्डको भिडन्तमा ललिताले हुँ जिन ईलाई अंकको आधारमा पराजित गरेकी हुन्।

बिहीबार नै प्रतिस्पर्धा गरेका विमला श्रेष्ठ र संगीता सुनारले भने पराजय बेहोरेका छन्। ५४ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी विमला चीनकी पियोपियो लिउसँग अंकका आधारमा पराजित भइन्। यसैगरी ६० केजीमा संगीता सुनार श्रीलंकाकी डुलान्जनी लाकापुरन्गीसँग अंकको आधारमा पराजित भइन्।

नेपालकी अर्की मुक्वेवाज पुनम रावल भने समूहमा बाई पाएर क्वाटरफाइनल प्रवेश गरेकी छिन्। शुक्रबार हुने क्वाटरफाइनल खेलमा पुनमले ६४ केजी तौल समूहमा थाइल्यान्डकी पेमालिन लाकपेनसँग प्रतिस्पर्धा गर्ने छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell