
काठमाडौं: अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको रिल कपल म्युजिक भिडियोमा रुचाइएका छन्। उनीहरुको फिचरिङ रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। 'चिटिक्क' बोलको नेपाली पप गीतको भिडियो युट्युबमार्फत रिलिज भएको हो।
सहदेव अर्यालले लेखेको यो गीतमा उदय राज पौडेलको स्वर, संगीत तथा संगीत संयोजन रहेको छ। मुस्ताङ जिल्लाका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोलाई विकास सुबेदीले निर्देशन गरेका छन्।
गीतको भिडियोलाई अनिल कुमार मानन्धरले छायांकन गरेका छन् भने सम्पाक सुप्रिम पराजुली हुन्।