
काठमाडौं: एएफसी यू-१९ च्याम्पियनसिप क्वालिफायरमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। क्वालिफायरअन्तर्गत कीर्गिस्तानमा बिहिबार भएको खेलमा नेपाल बहारइनसंग ४-० ले पराजित भएको हो।
समूह क को पहिलो खेलमा नेपाल आयोजक कीर्गिस्तानसंग २-० ले पराजित भएको थियो।
डोलेन ओमुरजाकोभ स्टेडियममा पहिलो खेलमै जित हात पारेको बहराइनले ३ अंक जोड्दा नेपाल भने अंक विहिन छ।
बहराइनलाई २०औँ मिनेटमा अली हसन मेफताहले बहराइनका लागि पहिलो गोल गरेका थिए। ६७औँ मिनेटमा अली हसनले नै गोल गर्दै बहराइनको अग्रता दोब्बर पारे। यस्तै बहराइनका लागि ८६औँ मिनेटमा इब्राहिम मुबारकले तेस्रो गोल गरे। इन्जुरी टाइममा मोहम्मद हुसेनले बहराइनको चौथो गोल गरे।
खेलको अन्त्यतिर दिनेश हेन्जनले रातो कार्ड पाएपछि नेपालले दश खेलाडीमा झरेर खेलको अन्त्य गरेको थियो।
लगातार दोस्रो हारपछि नेपालको छनोट सम्भावना कठिन बनेको छ। नेपालले शनिबार युएईसँग तेस्रो खेल खेल्नेछ।
बिहिबारै भएको पहिलो खेलमा ओमानले आयोजक कीर्गिस्तानलाई ३-० ले हराउँदै पहिलो जित हासिल गरेको छ।
ओमानलाई पहिलो खेलमा युएईले ५-१ ले पराजित गरेको थियो।