
काठमाडौं : नेपाल विद्यालय भलिबल कमिसनको आयोजना भइरहेको प्रथम प्याब्सन यू-१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा नुवाकोटको बुङताङ भलिबल टिम पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।
बिहिवार भएको प्रतिस्पर्धात्मक क्वाटरफाइनलमा अन्तिम दुई सेट जित्दै बुङताङले कोटेश्वरको ग्लासियर कलेजमाथी ३–२ को जित निकाल्यो।
पहिलो सेट २३-२५ ले गुमाएपनि बुङताङले दोश्रो सेटमा उत्कृष्ट प्रदर्शन गदै २५–९ को सहज जित निकाल्यो। तेश्रो सेट ग्लासियरले सुधारिएको प्रदर्शन गदै २५–२३ ले जित्यो र २-१ को अग्रता लियो। तर चौथो र पाँचौ सेटमा उत्कृष्ट पुनरागमन गरेको बुङताङले २५–२३ र १५–१३ ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो। बिजयी टिम नुवाकेटका आशिष मगर म्यान अफ द म्याच चुनिए।
पुरुषतर्फको प्रि–क्वाटरफाइनल खेलमा सफलता हात पार्दै कञ्चनपुरको लिटिलबुद्ध एकेडेमी, भक्तपुरको स्प्रिङडेल एकेडेमी, ढोरपाटन स्पोर्टस् क्लब र न्युटन हाईस्कुल क्वाटरफाइनलमा प्रवेश गरेका छन्। लिटिलबुद्धले काभ्रे बिद्यालय भलिबल कमिसनलाई २५–१३, २५–१९ ले हराउँदा स्प्रिङडेलले दोलखाको श्री सैलुङघ्याङ युवा क्लबलाई २५–१७, २५–१५ को सोझो सेटमा हरायो।
त्यस्तै ढोरपाटन स्पोर्टस् क्लबले आरुणी स्कुलमाथी २५–१६, २५–२३ को जित निकाल्दा न्युटन हाईस्कुलले सुर्खेतको भलिबल संघलाई २५–१८, २५–१३ को सोझो सेटमा हरायो।
शुक्रवार क्वाटरफाइनलमा लिटिलबुद्ध र स्प्रिङडेलसंग तथा ढोरपाटन र न्युटनसंग खेल्ने छन्।
नयाँ बसपार्कको ढोरपाटन स्पोर्टस टेनिङ सेन्टरमा भएको महिलातर्फको खेलबाट सफलता हात पादै श्रीगाउँ खेलकुद बिकास समितिले टप्स माबिसंग तथा ढोरपाटनले एभरेष्ट स्कुलसंग क्वाटरफाइनलमा भेट पक्का गरेका छन्।
प्रि–क्वाटरफाइनलमा दाङको श्रीगाउँ खेलकुद बिकास समितिले काभ्रे बिद्यालय भलिबल कमिसनलाई २५–१६, २५–९ को सोझो सेटमा हराउँदा पोखराको टप्स माबिले काठमाण्डौंको बिन्ध्यावासीनी स्कुललाई २५–१८, २५–१४ को सोझो सेटमा पराजित गर्यो।
त्यस्तै काठमाण्डौको ढोरपाटन स्पोर्टस् क्लबले माफलाई २५–८, २५–८ को सोझो सेटमा पराजित गर्दा रुपन्देहीको भरेष्ट बोर्डिङ स्कुलले ग्लासियरबाट वाकओभर पायो।