PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

इपीएल खेल्न चाहनेलाई अर्को मौका, यसरी हुँदैछ लोकल ट्यालेन्ट हन्ट



पहिलोपोस्ट

इपीएल खेल्न चाहनेलाई अर्को मौका, यसरी हुँदैछ लोकल ट्यालेन्ट हन्ट

काठमाडौं : एभरेष्ट प्रीमियर लिग (इपीएल) को अक्सनमा नपरेको र अक्सनमा परेर पनि नबिकेका  युवा खेलाडीहरुलाई इपीएलमा पर्ने अर्को मौका रहेको छ। आयोजक एभरेष्ट प्रालीले प्रत्येक टिमलाई लोकल ट्यालेन्ट हन्ट मार्फत अनिवार्य रुपमा एक खेलाडी राख्नुपर्ने प्रावधान बनाएको छ।

सोही अनुरुप सहभागि छ वटै टिमले आफ्नो टिमको नाम रहेको सहरमा गएर युवा प्रतिभा खोज्दैछ।

यसका लागि राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लको टोली ललितपुर प्याट्रिओट्सले लोकल हन्टका लागि खेलाडीलाई अवेदन दिन आग्रह गरेको छ।

ललितपुर टिमले बिहिबार प्रेस विज्ञप्ती जारी गर्दै टिमको अपिसिएल वेवसाइटमा गएर पर्म डाउनडोल गर्न सकिने र त्यसलाई भरेर काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरमा लगेर बुझाउनुपर्ने जनाएको छ।

ट्यालेन्ट हन्ट कार्यक्रम कात्तिक २४ गते शुक्रबार हुने ललितपुरका प्रवन्ध निर्देशक छुम्बी लामाद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ।

कार्यक्रममा सहभागी हुनुपूर्व नै खेलाडीले जन्मदर्ता/नेपाली नागरिकता वा एसएलसीकव प्रमाणपत्र पेस गर्नुपर्ने जनाइएको छ।

केही दिन अघि राष्ट्रिय टिमका कप्तान पारस खड्का रहेको टोली विराटनगर वारियर्स विराटनगरमा युवा खेलाडी खोज्न गइसकेको छ।
 

आगामी डिसेम्वर १९ देखि शुरु हुने इपिएलमा नेपालका विभिन्न छ सहरका ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन। विजेताले २१ लाख रुपैयाँ पुरस्कार हात पार्नेछ।

प्रतियोगिताका लागि प्रतेयेक टिमले एक जना मार्क्यू प्लेअर र अक्सनबाट १० गरी कूल ११ खेलाडी छनोट गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell