PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

आर्सनल युरोपा लिगको नकआउट चरणमा, एभरटन बाहिरियो



पहिलोपोस्ट

आर्सनल युरोपा लिगको नकआउट चरणमा, एभरटन बाहिरियो

इंगलिस क्लब आर्सनल युरोपको दोस्रो ठूलो क्लब प्रतियोगिता युरोपा लिग फुटबलको अन्तिम ३२ मा प्रवेश गरेको छ।

रेड स्टार बेलग्रेडसंग गोलरहित बराबरीमा रोकिएपनि आर्सनल समूह चरणको दुई खेल बाँकी छदै नकआउट चरणमा प्रवेश गरेको हो। ४ खेलबाट १० अंक जोडेको आर्सनल समूह ए को शीर्ष स्थानमा छ। हारपछि पनि ५ अंक रहेको बेलग्रेड दोस्रोमा छ। यस्तै बाटेबारिसोभलाई ५-२ ले हराउदै कोलोगनले पहिलो ३ अंक जोडेको छ। बारिसोभ ४ अंकका साथ समूहको तेस्रो स्थानमा छ।

आर्सनलसंग डाइनामो किभ, लाजियो र जेनिथ सेन्ट पिटर्सवर्ग पनि अन्तिम ३२ मा प्रवेश गरेका छन्।

यता अर्को इंगलिस क्लब एभरटन भने लियोनसंग ३-० ले पराजित भएपछि समूह चरणबाटै बाहिरिएको छ।

लियोनको जितमा बट्रान्ड ट्राओरे, हुसेम आओर र मेमफिस डिपाएले गोल गरे। मोर्गन सेन्डरलाइनले ८०औँ मिनेटमा रातो कार्ड पाएपछि एभरटन दश खेलाडीमा झरेको थियो।

तेस्रो हारपछि समूह इ मा एभरटन १ अंकका साथ पूछारमा छ। एटलान्टा र लियोन समान ८ अंक जोड्दै पहिलो र दोस्रो स्थानमा छन्।  

इटालिनय सिरि ए मा खराब प्रदर्शन गरिरहेको एसी मिलान पनि समूह डी को खेलमा एथेन्ससंग गोलरहित बराबरीमा रोकिएको छ।





समूह चरणमा चार खेलपछि कसको अंक कती? यहाँ क्लिक गर्नुहोस्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell