PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

गाभिन विलियमसन बेलायतको रक्षामन्त्रीमा नियुक्त



पहिलोपोस्ट

गाभिन विलियमसन बेलायतको रक्षामन्त्रीमा नियुक्त
फोटो श्रोतः telegraph.co.uk

लण्डन :  बेलायतकी प्रधानमन्त्री टेरिजा मेले यौन प्रकरणमा पूर्व रक्षामन्त्री माइकल फालनको राजिनामापछि रिक्त पदमा गाभिन विलियमसनलाई नियुक्त गरेकी छन्। 

प्रधानमन्त्री मेको कन्जरभेटिभ पार्टीका मुख्य सचेतक रहेका ४१ वर्षीय विलियमसन बेलायतको संसद सदस्यका रूपमा सन् २०१० मा पहिलो पटक प्रतिनिधित्व गरेका थिए। 

एक महिला पत्रकारसँग १५ वर्ष अघि अभद्र व्यवहार गरेको आरोप लागेका पूर्व रक्षामन्त्री फालनले पदबाट बुधबार राजीनामा दिएका थिए। 

आकस्मिक रुपमा आफ्नो राजीनामा प्रधानमन्त्री टेरीजा मे समक्ष बुझाएपछि विलियमसनलाई उक्त पदमा नियुक्त गरिएको हो। 

फालनले राजीनामाको कारण भने  खुलाएका थिएनन्। फालनविरुद्ध सन् २००२ मा कन्जरभेटिभ पार्टीको सम्मेलनका बेला एउटा रात्रीभोजमा पटक पटक पत्रकार जुलिया हार्ले ब्रुअरको घुँडा छोएको आरोप लागेको थियो। 

तर हालै उक्त प्रकरणबारे फेरि समाचारहरु आएपछि फालन माथि दबाब बढेको थियो। फालनले मंगलबारमात्रै आफ्नो विगतको व्यवहारप्रति क्षमा मागेका थिए। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell