PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

बिजुक्छेले भने–राष्ट्रिय राजनीतिमा सक्रिय नै हुन्छु, सन्यास लिएको छैन



पहिलोपोस्ट

बिजुक्छेले भने–राष्ट्रिय राजनीतिमा सक्रिय नै हुन्छु, सन्यास लिएको छैन

भक्तपुर :  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि आफूले उम्मेदवारी मनोनयन दर्ता नगराए पनि राष्ट्रिय राजनीतिबाट सन्यास नलिएको स्पष्ट पारेका छन्। 

रफत सञ्चार क्बलद्वारा भक्तपुरमा आज आयोजित साक्षात्कारमा बिजुक्छेले आफू प्रतिनिधिसभामा प्रत्यक्षरुपमा संलग्न नभए पनि पार्टीको अध्यक्ष भएरै राष्ट्रिय राजनीतिमा सक्रिय रहने बताए। 

वामपन्थी विचारलाई थप सुदृढ र सशक्त गर्नका लागि पार्टीकै राजनीतिमा सक्रिय रुपमा रहने भन्दै बिजुक्छेले अहिले वाम गठबन्धनका रुपमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सत्ताका लागि मात्र गठबन्धन गरेको आरोप लगाए। 

उनले मुलुकमा दुई मात्र राजनीतिक दल आए झनै राजनीति भद्रगोल हुने बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell