PahiloPost

Apr 3, 2026 | २० चैत्र २०८२

भारतका नेपाली भाषीका लागि फिल्म 'मेला'



पहिलोपोस्ट

भारतका नेपाली भाषीका लागि फिल्म 'मेला'

काठमाडौं: नेपाली फिल्म 'मेला' भारतमा पनि प्रदर्शन हुने भएको छ। फिल्मको भारत प्रदर्शन राइट्स भोजपुरी फिल्मका अभिनेता परदेशी शाहले खरिद गरेका हुन्। उनले प्रदर्शन अधिकार १६ लाख रुपैयाँमा किनेको जानकारी दिइएको छ।

नेपालमा कार्तिक २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म मेलाको इन्डिया प्रदर्शन राइट्स विरगञ्जमा एक समारोह गरी खरिद बिक्री गरिएको हो। भारतको सिक्किम, सिलिगुडी, दार्जलिङ, मुम्बई, दिल्ली लगायतका ठाउँहरुमा मेला प्रदर्शन हुनेछ।

परदेशीले भने,'चाडै भारत प्रदर्शनको लागि सेन्सरमा पठाउँछु र हलहरुसँग सोको लागि कुरा गर्छु।'



‘मेला’का लेखक तथा निर्माता हरि पन्तले फिल्मको अधिकार विक्रीले खुशी दिएको बताए। भने,'व्यवसायिक पाटो फरक कुरा नेपाली भाषी दर्शकहरुमाँझ हाम्रो फिल्म प्रदर्शन हुँदैछ।' फिल्म मेलालाई वसन्त निरौलाले निर्देशन गरेका हुन्। फिल्ममा सलोन बस्नेत, आमेश भण्डारी, अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell