झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि मुलुक समृद्धिको दिशामा जाने र जनचाहनाअनुसारको शासनसत्ता सञ्चालन हुने बताएका छन्।
झापाको दमकमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले अबको एकमात्र राजनीतिक उद्देश्य समृद्धि भएको र निर्वाचनपछि जनचाहनाअनुसारको शासनसत्ता सञ्चालन हुने बताए।
अध्यक्ष ओलीले वाम गठबन्धन यही स्वार्थ पूर्तिका लागि मात्र भएको भन्दै मुलुकमा रहेको बेरोजगारी अन्त्य र गरिब, विपन्न एंव उत्पीडितको हकअधिकारको संरक्षण गर्ने गरी वाम गठबन्धनले चुनावी घोषणापत्र सार्वजनिक गर्ने बताए।
उनले नेपाली कांग्रेसलगायतका दललाई चुनावमा स्वच्छ प्रतिस्पर्धा गर्न, गलत लाञ्छना लगाउने काम नगर्न र सत्ताको दुरुपयोग गरी निर्वाचन आचारसंहिताको उल्लङ्घन नगर्नसमेत आग्रह गरे।रासस
