PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

पाकिस्तानका पूर्व प्रधानमन्त्री शरिफ अदालतमा उपस्थित 



पहिलोपोस्ट

पाकिस्तानका पूर्व प्रधानमन्त्री शरिफ अदालतमा उपस्थित 
फोटो श्रोतः samaa.tv

इस्लामावाद :  भ्रष्टाचार प्रकरणमा संलग्न रहेको आरोपमा अदालतको छानविनको दायरामा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफ शुक्रबार सुनुवाईका लागि अदालत उपस्थित भएका छन्। 

भ्रष्टाचारको आरोप लागेपछि उनलाई गत जुलाईमा प्रधानमन्त्री पदबाट पाकिस्तानी सर्वोच्च अदालतको आदेशमा हटाइएको थियो। पूर्व प्रधानमन्त्री शरिफ भ्रष्टाचार विरोधी अदालतमा शुक्रबार हुने सुनुवाईमा सहभागी हुनका लागि भन्दै बिहीबार मात्र लण्डनबाट स्वदेश फर्किएका थिए।
उनलाई यहाँको भ्रष्टाचार हेर्ने अदालतले अदालत उपस्थित हुन शुक्रबारको समय दिएको थियो। त्यसैले उनी हिजो नै स्वदेश फर्किएका हुन्। 

उनी शुक्रबार बिहान विशेष सुरक्षाका साथ अदालत उपस्थित भएका थिए। उनलाई अदालतले नोभेम्बर ७ मा उपस्थितिका लागि अर्को म्याद दिएको उनका वकिलले जानकारी दिएका छन्। 

अदालत जाँदै गर्दा उनको सुरक्षाका लागि विशेष व्यवस्था गरिएको र अदालत उपस्थित हुने र निस्किने क्रममा उनले पत्रकारलाई कुनै प्रतिक्रिया दिएनन्। 

स्रोत नखुलेको धेरै सम्पत्ति जम्मा गरेको आरोप उनीमाथि छ। प्रधानमन्त्रीबाट राजिनामा दिएर अनुसन्धानलाई सघाउने शरिफले बताएका थिए। 

पाकिस्तानी सर्वोच्च अदालतले उनी प्रधानमन्त्री हुन अयोग्य भएको फैसला गरेपछि उनले राजिनामा दिएका हुन्। पाकिस्तानको निर्वाचनसम्बन्धि कानुनमा भ्रष्टाचारको अनुसन्धानमा परेको व्यक्तिले कुनैपनि दलको सदस्य वा पार्टी प्रमुख हुन नपाउने प्रावधान छ। 

शरिफकी पत्नी कुलसुम नवाजलाई घाँटीको क्यान्सर भएकोले उपचारका लागि भन्दै गत महिना लण्डन गएका थिए।रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell