PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

'विश्वका प्रभावशाली महिला'को सूचीमा प्रियंका चोपडा



पहिलोपोस्ट

'विश्वका प्रभावशाली महिला'को सूचीमा प्रियंका चोपडा

अभिनेत्री प्रियंका चोपडाको परिचय बलिउडसँग मात्र जोडिएको छैन। उनी 'मिस वर्ल्ड २०००' हुन्। साथै टिभी सो क्वान्टिको र हलिउड फिल्म बेवाचमा उनको प्रस्तुती दर्शकले रुचाए। अब उनी प्रभावशाली महिलाको रुपमा पनि चिनिने भएकी छिन्।

फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सय शक्तिसाली महिलाको सूचीमा प्रियंका चोपडाको नाम पनि अटाएको हो। उनले ९७ औं नम्बरमा आफ्नो ठाउँ बनाएकी छिन्। उनीसँगै कला क्षेत्रमा बियोन्सी नोलेस ५० औं स्थानमा, ट्रेलर स्विफ्ट ८५ ‍औं र जेके रावलिङ ८८ औं स्थानमा रहेका छन्। कला र मनोरञ्जन विधामा प्रियंका पन्ध्र नम्बरमा रहेकी छिन्।

फोर्ब्सले प्रियंका चोपडा बारे लेखेको छ: 'बलिउडमा सफल अभिनेत्रीको रुपमा स्थापित प्रियंकाले ४० भन्दा बढी बलिउड फिल्म र हलिउड फिल्म बे वाचमा अभिनय गरेकी छिन्। २००३ देखि फिल्म यात्रा सुरु गरेकी उनी क्वान्टिको टिभी कार्यक्रम प्रस्तोता हुन् भने पर्पल पेबल नामक फिल्म कम्पनीबाट फिल्म निर्माण समेत गर्छिन्।' 

सूचीको पहिलो नम्बरमा जर्मन चान्सलर एन्जेला मार्केल रहेकी छिन्।



प्रियंकासँगै अन्य तीन भारतिय महिला सूचीमा परेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell