PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

उपराष्ट्रपति पुनले भने–निर्वाचनलाई महाउत्सवका रुपमा सम्पन्न गर्नुपर्छ 



पहिलोपोस्ट

उपराष्ट्रपति पुनले भने–निर्वाचनलाई महाउत्सवका रुपमा सम्पन्न गर्नुपर्छ 

चितवन : उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई महाउत्सवका रुपमा सम्पन्न गर्नुपर्ने बताएका छन्।

नेपाल पोल्ट्री महासंघले आयोजना गरेको नेपाल पोल्ट्री तथा लाइभस्टक अन्तर्राष्ट्रिय प्रदर्शनीको आज उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नयाँ संविधानको कार्यान्वयनको निर्णायक तथा अन्तिम चरण प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन रहेकाले यसलाई महाउत्सवको रुपमा सम्पन्न गर्न सबैको सक्रिय सहयोग आवश्यक रहेको बताए।

राजनीतिक दलका नेता कार्यकर्ता तथा उम्मेदवारले आ–आफ्ना एजेण्डा लिएर मतदाताकहाँ पुगिरहेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार, राजनीतिक दल र सम्बन्धीत सबै पक्षको ध्यानाकर्षण गराए।

विगतका निर्वाचन जस्तै आउँदो निर्वाचन पनि उत्सवका रुपमा सम्पन्न हुन्छ, यसले संविधान कार्यान्वयनले सुखद रुप लिन्छ,’ उनले भने,‘निर्वाचनमा सहभागी भई सार्वभौम अधिकार प्रयोग गर्न म आम मतदातालाई आग्रह गर्दछु।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell