PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

'नेम्पा फिल्म अवार्ड' पोस्टपोन्ड, आन्तरिक छलफलपछि नयाँ मिति तय हुने



पहिलोपोस्ट

'नेम्पा फिल्म अवार्ड' पोस्टपोन्ड, आन्तरिक छलफलपछि नयाँ मिति तय हुने

काठमाडौं: अमेरिकामा हुने भनिएको 'नेम्पा फिल्म अवार्ड २०७४' तोकिएको मितिभन्दा पर सरेको छ। तर कहिले हुने भन्ने निश्चित छैन। अवार्डका लागि आयोजकले १८ विधाका उत्कृष्ट ३ मनोनयन समेत सार्वजनिक गरिसकेको छ।

टेक्सासमा आयोजना हुने भनिएको 'नेम्पा फिल्म अवार्ड २०७४'लाई नेपाल चलचित्र संघ र डिएबिएस इन्टरटेन्टमेन्ट टेक्सासले संयुक्त रुपमा आयोजना गरेको हो। अवार्डमा सहभागी हुन पर्ने अधिकांश कलाकारले भिजा नदिएपछि कार्यक्रम पर सार्न परेको चलचित्र संघकातर्फबाट नरेन्द्र महर्जनले जानकारी दिए। पहिलोपोस्टसँग कुरा गर्दै भने,'हामीले कार्यक्रम स्थगित गरेका हैनौं पछि सारेका हौं। आन्तरिक छलफल पछि नयाँ मिति सार्वजनिक गर्नेछौं।'

कार्यक्रम १७ सेप्टेम्बरमा हुने निश्चित गरिएको थियो। तर अब कहिले हुन्छ भन्ने बारे जानकारी चाडै दिने महर्जनले बताए। नेम्पा फिल्म अवार्ड २०१७ का लागि दोस्रोपटक मिति पछि सरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell