PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

चितवन राष्ट्रिय निकुञ्जमा बाढीका  कारण थुप्रिएको फोहरको सरसफाई अभियान सुुरु



पहिलोपोस्ट

चितवन राष्ट्रिय निकुञ्जमा बाढीका  कारण थुप्रिएको फोहरको सरसफाई अभियान सुुरु

चितवन :  चितवन राष्ट्रिय निकुञ्जको पुर्वी सेक्टरबाट आजदेखि बृहत सरसफाई तथा फोहर व्यवस्थापन अभियान सुरु गरिएको छ।

साउनको अन्तिम साता आएको बाढीका कारण निकुञ्जको नदी किनार र घाँसे मैदान क्षेत्रमा थुप्रिएका फोहर उठाउने कार्य सुरु गरिएको हो।

वन तथा वन्यजन्तुहरुमा बाढीका कारण वगाएर आएका फोहरका निकुञ्जमा असर देखिएको थियो।

सोही असरलाई केहि मात्रामा भएपनि न्यूनिकरण गर्न क्षेत्रीय होटल संघ चितवनको संयोजन तथा यहाँका एकदर्जन भन्दा बढी संघसंस्थाको आयोजनामा आजदेखि १० दिनसम्म फोहर संकलन गरी व्यवस्थापन गर्न लागिएको हो ।
 
निकुञ्ज भएर बग्ने राप्ती नदीमा मकवानपुरदेखि वन्यजन्तुलाई फोहर थुप्रिएर असर गरेपछि आफूहरुले विभिन्न संघ संस्थाहरुको संयुक्त पहलमा सरसफाई सुरु गरेको फोहर संकलन तथा व्यवस्थापन संयोजक जितु तामाङ्गले जानकारी दिए।
 
बाढी ती क्षेत्रमा सिसा तथा प्लाष्टिकसँगै भत्किएका घरहरुमा रहेका नकुहिने फोहर अत्याधिक मात्र भेटिएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell